विश्व शान्ति तथा राष्ट्रिय समृद्धि, राष्ट्रिय अरिष्ट नाश तथा पितृहरुको उद्धारका लागि विश्वकै अग्लो १०८ फिट त्रिशुल रहेको पनौति ११ वल्थलिमा अवस्थित विश्वकै एकमात्र कालाग्नी सिद्ध पिठ श्री लड्केश्वरमहदेवको प्रङ्गणमा यहि फागुन २ गतेदेखि चैत्र २ गतेसम्म ऊँ कार टेलिभिजन र ऊँ कार फाउन्डेसनको आयोजनामा राष्ट्रिय कोटिहोम हुँदैछ । अहिले संसारभर अशान्ति, विकृति, विसंगति र अर्धमको विस्तार हुँदै गैरहेको छ । अतिवृष्टी, अनावृष्टी, वातावरण प्रदुषण, भूकम्प, अनिकाल, युद्धमहामारी, अदि समस्याले विश्व अक्रान्त भएको छ । यि सबै समस्या र प्रकोपबाट देश र देशवासीलाई बचाउन राज्यले कोटिहोम जस्ता ठूला ठूला यज्ञ अनुष्ठान गर्नुपर्छ भन्ने शास्त्रीय बचन रहेको छ । राज्य प्रणली यस्ता यज्ञ अनुष्ठान गर्न उत्साहि नभएकाले पनि यो जिम्मेवारी हामिले उठाएका छौं र राष्ट्रिय कोटिहोमको संकल्प गरेका छौं । राष्ट्रिय कोटिहोम मूल समारोह समिति एवं ऊँ कार फाउन्डेशन, ऊँ कार टेलिभिजनका अध्यक्ष मुकुन्द शर्माले बताउनुभयो । १८ वर्ष अघि लड्केश्वर महादेवको मन्दिरमा भगवान शिवको अस्त्र त्रिशुल निर्माण कार्य सुरु गर्नुभएका फलहारी लोकनाथ कास्यपले निर्माण कार्य अलपत्र पारेर हिड्नुभएपछि आजभन्दा ३ वर्ष उक्त त्रिशुल निर्माण कार्यको जिम्मेवारी ऊँ कार टेलिभिजनले उठाएको थियो । भक्तजनहरुको सहयोगले १०८ फिट अग्लो त्रिशुल निर्माण भईसकेको छ । ऊँ कार टेलिभिजनको पहलमा १०८ वटा धारा निर्माण गरि गत वैशाखमा गोशाइकुण्डमा लाग्ने गंगा दशहरा मेलाको उद्घाटन पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, गुरुदेव कृष्ण प्रसाद खनाल, धार्मिक तथा सामाजिक व्यक्तित्वहरुले गर्नुभएको थियो । यस राष्ट्रिय कोटिहोममा नायव वडा गुरु प्राध्यापक डा. माधव भट्टराई र प्रधान आचार्य चयन हुनुभएको छ भने प्राध्यापक डा. ऋषिराम पोखरेल, प्राध्यापक डा. रामचन्द्र गौतम, प्राध्यापक डा. देवमणी भट्टराई, ज्योतिष पंणित सूर्यप्रशाद ढुंगेल, र पंणित कृष्ण प्रसाद खनाल लगायत गुरुवर्गले यज्ञलाई शास्ञीय मार्ग निदेर्शन गर्नुभएको छ । कोटिहोम लगाउनका लागि ऊँ कार टेलिभिजनका अध्यक्ष मुकुन्द शर्माले ७७ वटै जिल्लामा रथ यात्रा गरी भक्तजनहरुलाई निमन्त्रणा दिइसक्नुभएको छ भने ७७ वटै जिल्लाका भत्तजनहरु बस्नका लागि कोटिहोम स्थिल नजिक ८० कोठाको पंडाल निर्माण गरिएको छ । देशका सर्वोच्च व्यक्तिहरु तथा पूर्व राजा ज्ञानेन्द्र शाहालाई समेत निमन्त्रण दिइसकेको छ । हाम्रो स्थानमा कोटिहोम लगाउन लागेकोमा हामि धेरै उत्साहित छौं र कोटि होम सफल बनाउन वडा मार्फत विभिन्न उप समितिहरु गठन गरि काम सुरु गरेका छौं पनौति ११ का वडाध्यक्ष विपिन लामाले भन्नुभयो । कोटिहोममा के के हुन्छ त ? यस विषयमा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका निमित्त सभापति तथा राष्ट्रिय कोटिहोम मुल समारोह सचिवालय प्रमुख अरुण पाण्डे भन्नुहुन्छ, “फागुन २ गते शास्त्रीय रुपमा मातृका पुष्पा, योगिनी पुष्पा, क्षेत्रपाल पुष्पा, वास्तु पुष्पा, सर्वोच्च भद्र पुष्पा, लिङ्गत्व भद्र पुष्पा, दिकपाल पुष्पा, शिव पुष्पा, द्धार पुष्पा, हुनेछ भने ३ गतेबाट हवनको साथ वेदपुराण पाठ, जप, कथा प्रवचनाका साथै फागुन ६ गतेबाट रामलिला विषेश आकर्षण हुनेछ । ” मल्लकालिन राजा भूपतिन्द्र मल्लले तपस्या गरेको यस पवित्र भूमि हरिवोधिनी एकादशिका दिनमा मेला लाग्ने शिव मन्दिर, प्राकृतिक सुन्दरताले भरिपूर्ण, वास्तवमै ओझेलमा परेको थियो । ३ वर्ष अगाडि ऊँ कार टेलिभिजनले त्रिशुल निर्माण कार्य सुरु गरेपछि अहिले लड्केश्वरको मुहार फेरिएको छ । अहिले सोमबार र शनिबार मन्दिरमा ठूलो भिड लाग्ने गर्दछ । मानिसको बढि आवत जावत भएपछि व्यापार व्यवसाय बढ्नु र ठाउँ चर्चित हुनु स्वभाविक हो । अझ त्यसमाथि समय समयमा ठूलाठूला धार्मिक कार्यक्रमको आयोजना गरिनुले धार्मिक तथा पर्यटकिय रुपमा वल्थली चिनिनु यो हाम्रा लागि गौरवको कुरा हो । स्थिानिय समाजसेवी श्यामसुन्दर थापाले भन्नुभयो । कोटिहोमको लागि नेपाल अधिराज्यभरिबाट घिउः, जौ, तिल, बत्ति तथा सकेको दान संकलन गरिएको छ ।
