धारिलो हतियार नगडिदिएको भए घाउ लाग्ने थिएन र, मैले घाउ चिन्ने थिइन । गहिरो घाउ गहिरो पीडा र, गहिरो ज्ञान । रापहरु तापहरु गुरुहरुभन्दा ज्ञानी गुरुहरुभन्दा उम्दा । घाउ लागेपछि मैले बिद्यालय छाडें पुस्तकहरु छाडें र, घाउहरुसँगै पढें । घाउसँगै समय उन्न सजिलो भो जीवन बुन्न सजिलो भो । बाँच्ने ओखती र, मल्हम सिकाउने धैर्य र सहन सिकाउने प्रिय घाउहरु ! म कृतज्ञ छु स्वीकार गर मेरा सादर आभारहरु । घाउ दिने सबैलाई मेरो अभिनन्दन ।
