IMG-LOGO

मौन प्रेम

 सोम, पौष २३, २०८०  – मनीषा अवस्थी

  पोहोरसाल यीनताका नै हो तिम्रा ती नशालु आँखामा आँखा जुधेको जून र फूलका कथामा झैं यो मनले ती आँखाले बुझ्ने गरी मौन प्रस्ताव गरेको यीनताका नै हो !   एक वर्ष पुगेछ समय मौनतामै अल्झिरहेको छ यो बीचमा तिम्रा ती नशालु आँखामा आँखा जुधिरहँदा तिमीले कयौं पटक मलाई ग्वार्लाम्म अङ्गालोमा बेरेका छौ धीत मर्ने गरी मलाई चुमेका पनि छौ मेरो आँखामा आँसु देखेर तिमी भावुक पनि भएका छौ कयौं पटक !   हाम्रो मौन प्रेम एक वर्षको भैसक्दा मेरा रहर पलाएछन् यी रहरहरू जूनले रातसँग लुकामारी खेले झै भमराले फूललाई जिस्काए झैं तिमीसँगै लाडिने भनिरहन्छन् भनिरहन्छन् !   हुन त म सँग सुन्दर रूप छैन मिलेको जीउडाल छैन अझै ठूलो कुरा यो दुनियाँले हेर्ने चिल्लो छाला छैन अनि म सँग जागिर खोज्दै झोलामा बोक्न सर्टिफिकेट पनि छैन !   हो म सँग केही छैन तर तिम्रै बाटो पर्खिरहेका एक जोडी आँखा अझै ज्यूदा छन् प्रेमका खातिर दुनियाँ डुल्न सक्ने पाइताला छन् !   अनि अथक प्रेम गर्छु है भन्दै धड्किने एक थान मुटु छ अनि यी स्वार्थी सपनाहरू पनि छन्   तिमीले तिमी मेरी हौ भनेको सुन्न चाहना राखिरहने म सँग बडेमानका कान पनि छन् !              

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्