IMG-LOGO

मुटुको व्यथा

 मंगल, असोज ३०, २०८०  – डा. राजेन्द्र कोजु

उ प्रेम गर्छ, म ढक ढक गर्छु र उ भन्छ ”किन बढ्दै छ ढुक ढुकी मुटुको“ उ परिक्ष्या देखि तर्सिन्छ, म छिटछिटो चल्छु र उ खोज्छ ”परीक्षा देखि नै भाग्न“   उसले गालि खान्छ, मेरो गति बढ्छ र उ रिस पोख्छ जो कसै माथि उ कुनै काम मा सफल हुन्छ, म उफ्रिन्छु र उ भन्छ ”ओ माईगड, आइ दीड इट“ यस्तै कति क्षणहरुमा मेरो धड्कन बढ्छ मलाइ ठिकै लाग्छ, यो मेरो काम हो तर उ रक्सी खान्छ, मलाइ भारी पर्छ उ चुरोट खान्छ, मेरो धमनी साँघुरिन्छ   उ चिल्लो, गुलियो, नुनिलो धेरै खान्छ, मलाइ खराब असर पर्छ उ उच्च रक्तचाप, चिनीको रोगको औषधि खादैन, मलाइ गाह्रो हुन्छ   उ व्यायाम गर्दैन, मोटाउछ, मलाइ अप्ठेरो पर्छ   यी सबै उसका हरकतले मलाइ रोग लाग्छ, उ म बिरामी भए भन्छ अब भन्नुस, म बिरामी हुनुमा उसको दोष कि मेरो?    (विश्व मुटु दिवसको सन्दर्भमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डिन राजेन्द्र कोजुले लेख्नुभएको कविता)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्