लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमालचुली मन्तिर पानी भर्ने पँधेरो । लेकै हेरूँ लाली गुराँस बेँसी हेरूँ प्याउली पीरती बास्ने परेवा बिरह बोल्ने न्याउली हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले जुनेली रात बिताउँछन् गाउँदागाउँदै साथीले । सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली यो बिरानो मुलुकमा बस्दैन माया बसाली नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो दिलमा घाम नलागे जगत सारा अँधेरो । मेरो काली लेकैलाई ताकेर जाने बादल हातले मैले नछोए पनि छ कति कोमल दौडाई लान्छ मलाई यही बादलु छाँयाले पार्दछ जहाँ इन्द्रेणी पारेला भिज्ने मायाले ।
