संर्घष हो जीवन जीवन संघर्ष हो जीवन देखि थाकेर बस्छु नभन जीवन देखि हारेर मर्छु नभन । जिन्दगी हो हार–जीत भइरहन्छ बाधा पन्छाउँदै नदी बगि रहन्छ हार भयों भनेर दुःख नमान रात पछि दिन हुन्छ हेर बिहान । न्यायको निम्ति जिन्दगी यो लम्किरहन्छ उज्यालो हो जीन्दगी यो चम्किरहन्छ चेतनाको प्रवाहलाई रोक्न सकिन्न जति छोप्न खोजे पनि सत्य छोपिन्न
