सोधौं कसलाई मेरो अभिभावक कहाँ छ भनेर कि बसौं चुपचाप अभिभावक खोज्नु पाप हो भनेर नबनाउ मलाई मागेर बाच्नु पर्ने नबनाउ मलाई भागेर यो देश छाड्नु पर्ने स्वाबलम्बी बन्न खोज्नु के अभिशाप हो कि यो हामीलाई सतीले दिएको श्राप हो सोधौं कसलाई मेरो अभिभावक कहाँ छ भनेर कि बसौं चुपचाप अभिभावक खोज्नु पाप हो भनेर मलाई बुद्धि, शिप र पाखुरा चलाउने आधार देउ तर घरबाट घचेडी कसैको शिकार नबनाइदेउ केवल परिश्रम गरेर स्वाबलम्बी बन्न देउ कसैको अघि शिर नुहाएर समर्पण हुँदै बाँच्न नदेउ सोधौं कसलाई मेरो अभिभावक कहाँ छ भनेर कि बसौं चुपचाप अभिभावक खोज्नु पाप हो भनेर हाम्रो स्वाभिमान र पहिचानलाई खेलबाड मै नबेची देउ हाम्रा आशाहरुलाई अन्तिम शासमा परिणत नगरी देउ इमान्दार बनेर बाँच्ने एउटा बाटो देखाइदेउ भ्रष्ट बन्न नासिकाउ तर यो देशलाई बनाई देउ सोधौं कसलाई मेरो अभिभावक कहाँ छ भनेर कि बसौं चुपचाप अभिभावक खोज्नु पाप हो भनेर पाए फुल्न, फुलीदिन्छु जताततै बसन्त यामको गुरासझैँ मलजल मात्र पाए फली दिन्छु लटरम्मै वर्षा यामको आँप झैँ फैली दिन्छु सर्बत्र यदि यहाँ फैलिने ठाउँ मात्र पाए चम्की दिन्छु तारा झैं यदि यहाँ अवसर मात्रै पाए सोधौं कसलाई हाम्रो देश को अभिभावक कहाँ छ भनेर कि बसौं चुपचाप देश र अभिभावक खोज्नु पाप हो भनेर
