उसको कथाभित्र पनि आफ्नै कथा देखें मैंले, आफ्नो कथा लुकाएर उसको कथा लेखे ंमैले । पढ्दा उस्तै उस्तै लाग्यो उसको पिडा मेरा दुःख, उसको सुख खोज्न हिंड्दा पाएँ मैले मेरै सुख, जिन्दगीको सफरमा धेरै बाटा देखें मैंले, आफ्नो कथा लुकाएर उसको कथा लेखें मैले । उडी हिंड्ने चरीलाई पिंजडामा थुन्नेहरु , फुल्न नपाउदै फूल कोपिलामैं उन्नेहरु , उज्यालोको मान्छेलाई अँध्यारोमा देखें मैंले । आफ्नो कथा लुकाएर उसको कथा लेखे मैले । के हुन्छ र तनको नाता मनको साइनो टुटेपछि, बग्दा रै, छन् आँसुहरु मनको बाँध फुटेपछि , उसको मनको ब्यथाभित्र आफ्नै ब्यथा देखे मैले, आफ्नो कथा लुकाएर उसको कथा लेखें मैंले । जूनतारा टिप्ने सपना कुन्नि कता कता छुटे , कोही आफन्तले बाँडे कोही पराइले लुटे , उसको खुशी भित्र पनि मेरै खुशी देखें मैले, आफ्नो कथा लुकाएर उसकोकथा लेखें मैंले ।
