IMG-LOGO

नेपालको कानुन दैवले जानुन्

 मंगल, भदौ १९, २०८०  – तिलक रावत

    बा भन्नुहुन्छ छोरा, तिमी त कानुन पढ्ने मान्छे  मलाई भन्देऊ न नेपालको कानुन दैवले जानुन् किन भनिएको ? बाको प्रश्नले नाजवाफ भएको म एकैछिन  सोच्छु र भन्छु । बा, यहाँ, गल्ती गर्नेले सजाय पाउँदैन सजाय पाएकाले गल्ती गरेकै हुँदैन पहुँचवालाले प्रमाण बनाउँछन् त्यहीं प्रमाणको आधार लिन्छन् न्यायमूर्तिहरु फैसला बनाउँछन् शक्तिवाला बनावटी प्रमाणले मुद्दा जित्छ ।   बिचरो पीडित तमासा हेर्छ ट्वाँ पर्छ यो सबै कसैले बुझ्दैनन् कसैले नबुझ्ने भएर भनिएको होला बा नेपालको कानुन दैवले जानुन् नेपालको कानुन नेतालाई लाग्दैन नेपालको कानुन जनतालाई छोड्दैन धनी नेता कानुनलाई टेक्छ बिचरो गरिबलाई अन्यायले छेक्छ ।   विस्मृत सांंसद कानुन बनाउँछन्, बनाएकै दिन भुल्छन् बबुरा न्यायाधीश कानुन पढ्छन्, नजीरमै डुल्छन् बनेको कानुन न नेताले बुझ्छन् बनेको कानुन न न्यायमूर्ति जान्दछन् जनताले बुझ्ने त कुरै भएन नेता, न्यायाधीश, जनता कसैले कानुन नजानेपछि बाँकी रहेका त्यै दैव त हुन्   त्यसैले, भनिएको होला बा नेपालको कानुन, दैवले जानुन् (रावत दाङस्थित तुलसीपुर मेट्रो कलेजका कानुनका विद्यार्थी हुन् ।)    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्