मुल्य जीवनको के छ र साथी पुग्नु छ एक दिन तल होकि माथि खानपिन र स्वास्थ्यको ख्याल गर साथी बज्रपात भएर एकदिन खानु छ लाठी डाह र घमण्ड बढेर गर्नु के छ र साथी बल भएसम्म रहने एक माना पाथी दुश्मनी मोलेर के पाउँछ र साथी रिसको भारी बोकेर हुन्छ नानाभाँती धन मात्र कमाएर के लान्छ साथी मन जिते सबैको लाग्छ धेरै ताँती घृणा गरेर कसैको के फाइदा हुन्छ र साथी स्नेह र सहयोगले मित्र बन्छ खाँटी ।।
