IMG-LOGO

आहा ! कति राम्रो कविता

 मंगल, सावन १६, २०८०  – इन्दिरा चापागाईं

कविजी ! ल नयाँ कविता सुनाउनुस् कविता लेख्ने मुडै छैन कविता भेट्नै छोडेँ आजकाल, उनले भने   तिम्री आमा छैनन् ? मैले सोधेँ उनी छक्क परे अक्क न बक्क परे बिर्सेको केही सम्झेजस्तो गरे र भन्न थाले   उकालीमा घाँसको भारीसँग दिनभर खेतबारीसँग ओरालीमा गाईबस्तुका ताँतीसँग भेटिएकी पौरखकी प्रतिमूर्ति जीवनमा गाँस, बास र कपाससँग समाजमा रीतिरिवाजसँग जुधिरहेकी कर्तव्यशील नारी चैत्रको घाममा पिठ्युँभरि दाउराको भारी बोकेकी मनभरि सन्तानको माया र सुखद् भविष्यको छहारी बोकेकी बिहानै झिसमिसेमा खाली खुट्टा बेशी झर्दै गरेकी दश नङ्ग्रा खियाएर सन्तानको भविष्य भर्दै गरेकी ‘बा’ पनि ‘आमा’ पनि आफैं भएकी आफू भोकै तिर्खै बसी सन्तानलाई मीठो खुवाएकी हजार दुःख गरी गरी पढाई लेखाई गराएकी भगवानको अर्को साक्षात् रुप देख्यौ नि तिमीले पनि हो तिनै हुन् मेरी आमा   मैले भनेँ– आहा ! कति राम्रो कविता !!     पनौतीका प्रतिभा सरदलाई जीताउन आग्रह

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्