.हिजो शोक विदा आज समारोह विदा भोलि चाडपर्व विदा हो, काम चोर प्रवृत्ति भएकाकालाई अहा ! कति धेरै विदा नै विदा भो, आठ घण्टा काम आठ घण्टा मनोरन्जन आठ घण्टा गर्ने आराम, सर्वमान्य नियम नै हो यो तापनि यसमा लागेको छ अहिले विराम, विदा गर्नुपर्ने कुरा धेरै छन यहाँ प्रत्येक तिनलाई रोजी रोजी कन, गर्नुपर्छ विदा हामी सबैले त्यसमा कत्ति पनि सोच्दै नसोचिकन, कार्यालय होइन विदा गर्ने यसले सेवाग्राहीलाई पुग्न जान्छ वाधा, आलस्यलाई विदा गर्नुपर्छ कर्मवीरहरुले बनाउँदै आफुलाई ताजा, विद्यालय विदा गर्ने होइन विदा अशिक्षा र अज्ञानतालाई गर्नुपर्छ, गुणस्तरिय शिक्षा भएमा मात्र समाज अनि देशको संकट जत्ति टर्छ, कल कारखाना विदा गर्दा त्यहाँ उत्पादन र उत्पादकत्व घट्न जान्छ, सियो औषधी लगायतका वस्तु आयातमा पनि पराई भरपर्नु पर्ने हुन्छ, सामाजिक संघ संस्था विदा गर्ने होइन नि गर्नुपर्छ विकृतिहरु छन् जति, अनावश्यक कुरामा विदा गर्दा दिनहुँ राष्ट्रको हुन जान्छ अरवौंको खति, विदा–वन्द गरेर होइन सबैले प्रतिष्ठानहरु खोलेर नयाँ वर्ष त्यो मनाऔ,ं खुल्लै राखी सघं सस्ंथाहरुले समीक्षा गर्दै दिवसमा सहभागि ता जनाऔ,ं आलस्य र ढीलासुस्तीलाई सबैले छिट्टै विदा गर्नु पर्छ, पेसागत धर्म पालना गरी अघि बढेमा सुख शान्ति बढ्छ, विदा गर्नुपर्छ भ्रष्टाचारलाई यहाँ सदाचारलाई त होइन, विदा नगरे काला वजारि या गरिबले चैनसँग बाच्न पाइंदैन, विदाका दिनहरु घटाउनुपर्छ यहाँ कारखाना र कार्यालयको, कार्य दिन बढाउनुपर्छ सेवा प्रदायक संस्थाहरु र विद्यालयको, विडम्वना ! विदाका दिन थपिदै छन् चाहिने नचाहिने वहानामा, आँखा चिम्लेर गरिन्छ विदाहरु मुठ्ठीभर व्यक्तिका चाहनामा, रात र दिनलाई एकै बनाइ परिश्रममा लाग्नुपर्ने समय हो यो, झन् विदाहरु थपिदै जाँदा यो देशको परनिर्भरता अझै बढ्ने भो, विदा हुँदा मक्ख पर्ने ए हाम्रा सेवा प्रदायक जन, अब त विदामा हैन सेवामा अग्रसर हुन्छु म भन, कर्मशील हातलाई विदा होइन नीति यस्तो बनोस, आलस्यता पन्छाउँदै जो कोही पनि अगाडि बढोस ।
