IMG-LOGO

साह्रै सकसमा छिन् पहाडमा हजुरआमा

 मंगल, असार १९, २०८०  - नारायण ढकाल

दुःख उनको जीवनी बनेको छ असहृय छ गाउँदेखि बेंसीसम्मको यात्रा असहृय छ बेंसीदेखि गाउँसम्मको गन्तव्य ओर्लंदा फतक्कै गल्छन् पिडौंला त्यत्तिकै कष्ट हुन्छ उक्लँन त्यो राक्षसजस्तो निष्ठुरी पहाड तर पनि- छिचोल्नु छ एकबारको जुनी पुग्नु छ कामनाको खेत काट्नु छ अस्तित्वको बाली र डट्नु छ समयसित   कहिल्यै प्रिय भएन बर्खाको मूलझैं शरीरमा उम्रिने पसिना कहिल्यै सुखद भएन चौतारीमा सुस्ताउँदा चलेको सिरसिर बतास सायद फोक्सो निस्कन्छ कि बाहिर ! सायद मुटु फुट्छ कि भित्र !   जीवन र मृत्युको आतंक मडारिरहेको यो अन्यायको प्रदेश हो जहाँ अभिशप्त छ बूढी हजुरआमाको नियति उकालोमा घामले पोल्छ ओरालोमा बतासले हान्छ छाप्रोमा चिसोले टोक्छ र जीवन सधैं स्वर्गको फलझैं मुस्किल हुन्छ हजुरबा खसेपछि एक्ली भइन् हजुरआमा र देश उनको निम्ति शत्रु भयो लाठे भइसकेका छोरानातिहरु काम खोज्दै कतै गए युवती बनिसकेका छोरीनातिनीहरुले डाँडा काटे बुहारीहरु आफ्ना पिउसा बोकेर सहरतिर झरे अनि यी बूढी आइमाईको जिउनु तातो नरक भयो लौन कवि ! यो नाथे ढुंगैढुंगाको रुखो राजमा बेकारको दण्ड भोगिरहेकी छन् हजुरआमा ।   दण्ड-२ कस्तो सिगसिग लाग्ने ठाउँ ? कस्तो दिगमिग लाग्ने गाउँ ? सायद यो शौचालय हो कुनै विपन्न देशको सायद यो रछ्यान हो कुनै फोहोर बस्तीको   आलो मानव मलमूत्र र दुर्गन्ध कुहिएको लास र झिँगाहरुको भुनभुन दिगमिग— दिगमिग सिगसिग— सिगसिग सधैंसधैं सपनामा म तिम्रो यही प्रदेशमा पुग्छु र तिमीले दिएको गैरकानुनी दण्ड भोग्न विवश हुन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्