IMG-LOGO

महाकाल धाम ः

 मंगल, असार १२, २०८०  - मञ्जुला तामाङ, सुब्बाघुम, दार्जीलिङ्

मन छैन अब बस्न यहाँ बहन थाल्यो दूषित हावा चड्दैन जल पनि पवित्र कसमधारी भीडभाड लाग्छन् दिनभरी चिन्दिन को हुन भक्त असली ।   हावाः नथोपार दोष म माथि दूषित छन् पर्यावरण त्यै माथि न हिमाल गर्छ कसैको विरोध मस्त छ टिष्टा दगुर्न मधेस बहन्छ अन्जान तप्त ज्वालाहरू सीमित छु स्वच्छ हावा बनि बहनु । रोग निवारण क्षमता रहेन प्रदूषित हावामा मेरो आफ्नै अस्तित्व रहेन ।   टिष्टा, हो ! म मस्त छु दगुर्न मधेसतिर सन्तुष्ट छु फैलावटमा आफ्नो शान्तिसित उत्पति मेरी हाँस्छिन् हेर्दै मतिर लाचार छु म, आफ्नै देखेर सन्तति पहाड, कन्दरा, झरना, घुम्ती म खेल्दै आउँछु । सन्तान मेरी हुँदैछन् भ्रष्ट अलकनन्दा बनि प्रलय मच्चाउ कि ‘ पहाड सोहोरेर समतल पुर्‍याउँ कि ? यसैले अशान्त छु खोज्दै शान्ती अविरल बहदैं छु ।   चियाबारीः अजम्बरी कदापि नसोच मलाई हरियाली रूप मेरी जीवन मृत्युको संघारमा छु बिरक्तिएर आत्महत्याको तारतम्य मिलाउँदैछु । आफ्ना सबै विलिन हुन लागे चिमोटी चिमोटी विश्वबजारमा लिलाम पछि अफालिएको वेश्या हुन लागेँ ।   हिमाल ः सबै दोष्याउँछन् मलाई महाकाल , हावा, टिस्टा, चियाबारी बिलौना सुनाउँछन् मलाई । अक्षुण्ण कहाँ छु म यी पीडाहरूबाट गर्छन् तुलना मलाई टोपी शिरको राख्दैनन् मान सम्मान आफ्नै स्थानको अडिग छु, अटल छु, जीवित छु सुन्दर पहाडको एकमात्र पवित्र प्रतिक हुँ ।   महाकाल ! तिम्रो आशिष बर्सिरहोस् टिष्टा ! तिमी शान्त अविरल बगिरहनु हावा ! तिमी मन्द मन्द विशुद्ध चलिरहनु चियाबारी ! तिमी आफैमा गर्व गर्नु । सहानुभूति छ मेरो, पर्यावरण सन्तुलित बनाइ राखौ । नयाँ पिडी बचाउने सुन्दर पहाड साँची राखौ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्