IMG-LOGO

लक्ष्मी पुजन

 मंगल, असार ५, २०८०  – भोला के.सी.

पैसा नै हुंदो रहेछ कपिय समस्याको असली कारण, पैसा वा द्रव्यले नै गर्ने रहेछ यहाँ धेरै समस्याको निवारण, पैसा र स्रोतसाधनलाई मान्ने गरिन्छ यहाँ लक्ष्मीको रुप, उपासनाले लक्ष्मी खुशी गराए मात्र घरमा धन वर्षन्छ खुब, आर्थिक संकट भोग्नुपरेको व्यक्ति समुह र राष्ट्रले समेत, असफल राष्ट्र भनि चिनियौला है अझै ध्यान दिएनौ भने त, लक्ष्मीको पुजन गर्न दीपावली नै कुर्न तिर कोही नलागौं, मिनेट मिनेटको महत्व छ खेर नफालौ सबै हामी जागौं, श्रमको अक्षता सिपको पुष्प अनि पसिनाको यो जलैले गरौं लक्ष्मीको पुजा उपासना स्वतस्फूर्त हुंदै यहीँ नै सबैले, लेपन गर्दै अनुशासनको सुगन्धी त्यो दिव्य केशरी चन्दन, सुकर्मको अगरवत्ती घुमाउंदै गरौं यहाँ लक्ष्मीजीको वन्दना, मीतव्ययी बनौं सबै बचाउनुलाई पनि कमाउनु नै हो ठान्दै, मौकामा मात्र हिरा फोर्नुपर्छ भन्ने पूर्वजको उक्तिलाई मान्दै, उत्पादन बढाऔं कृषी उपज अनि जडीवुटी वनपैदावरको पनि, भएकै स्रोतसाधनलाई परि चालन गरेर नै बन्न सक्छौं हामी धनी, विलासी जीवन शैली बन्द गरौं अनि सबलै फेजलु खर्च घटाऔ,ं आफुले मात्र पालना गर्ने होईन सरकारहरुलाई पनि घच्घच्याऔ,ं श्रमिकहरुले आफ्नो ऊर्जाको उच्चतम प्रयोग गरी लक्ष्मीको पुजन, गरौं बढोत्तरी सिल्पी र किसानहरुले समेत आ–आफ्नो त्यो उत्पादन, बांझो नराखी कृषीयोग्य जमिन किसान वन्धु खनी खोस्री पुजा गरौं, आयात घटाई निर्यात बढाउन ढीलो भइसक्यो अहिल्यै अगाडि सरौं, पेसागत धर्म सबै पेसाको हुन्छ सोको पालना गर्नुपर्छ ईमान्दार बनी, सत्कर्म गरौं त सबैले दिन दिनै चिनिन्छौं लक्ष्मीको सच्चा पुजारी भनि, कामचोर र भ्रष्टाचारीले लक्ष्मी मातालाई रिझाउने चलन यो हट्नुपर्छ, पसिना र विवेकको प्रयोग कर्ताले मात्र ती विष्णु प्रियाको साथ पाउनुपर्छ, परमुखा पेक्षी भयौं हामी आफ्नो वलवुत्तालाई कत्ती चिन्दैन चिनीकन, अझैपनि हाम्रा आंखा नखुल्ने हो भने वाध्य हुन्छौं है दाशले झैं बांचन, मोवाईलमा घोत्लिन कम गरौं थालौं श्रमपूर्ण सक्रिय जीवन विताउन, ढीलो भइसक्यो यहाँ आफ्ना सन्ततिहरुलाई पनि यही कुरो सिकाउन, सचेतना पूर्वक विवेकको पुजा सामाग्रीले अव पुजाथाली सबैले भरौं, जाँगर सहित स्वकर्मका लागि ईमान्दारी पूर्वक दिनहुँ लक्ष्मी पुजा गरौं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्