IMG-LOGO

भारतीय सेना प्रमुखलाई सम्झेर

 मंगल, असार ५, २०८०  – गुरु घिमिरे

    महाशय ! आज मैले किन किन यहाँलाई अचानक सम्झे थाहा छ, हाम्रो कुनै नीजि साइनो छैन तर खै किन हो साह्रै सम्झना आयो जब मेरो छानोबाट झरेको बलेसीको पानी मलाई सोध्दै नसोधी खुरु खुरु लान थाल्यौ तिमीले पानीको अभावमा सघैं तड्पिने मेरी गृहिणीले हठात प्रश्न गरिन् यो के हो ? तिमीलाई थाहा छ, बर्षौ भयो पानीको अभावमा हाम्रा कपडा मैलिएका र शरिर दङदङी गनाएको भाँडा कटकटिएका फोहोर थुप्रिएको र हाम्रो बारी बाँझिएको देख्दैनौ तिमी, अनि बोल्दैनौ पनि र तिमी मालिक होइनौ यो घरको के भएको छ तिमीलाई ? म कसरी भनौं उनलाई म तिम्रो मालिक भएर पनि आजसम्म यो घरको मालिक बन्न सकिन प्रिय जरसाहब ! तिम्रो घरको पर्खालमाथि छिमेकीको कुकुर उक्लँदा र तिम्रो घरको छानामा जंगली ढुकुर आएर बस्दा मैंले कति गुलेली हाने कति मट्यांग्रा खर्चिएँ जरसाहब, तिम्रो घरको रखवारीमा मैंले मेरो छोरो खटाएको छु मैंले तिम्रो सम्पत्तिको चौकिदारीमा अनगिन्ती जुत्ता फटाएको छु तिम्रो करेसाबारीमा पालै पालो मेरा सन्तान पठाएको छु हुन त तिमीसँग जर्मन कवि बर्तोल्त ब्रेख्तले भनेझैं शक्तिशाली ट्याङ्क पनि छ अनि बमबर्षक बिमान पनि तर तिमीलाई भर छैन आफ्नो शक्तिमा त्यसैले त मेरै गुलेलीको भरमा छौ किन भने गुलेलीमा अचुक निशाना आत्मबिश्वास र साहस मिसिएको छ तिम्रा बमबर्षक र ट्याङ्कहरु नाममात्रका छन् र साँच्चै कायर पनि त्यसैले अब म लानदिन्न मेरो बलेसीको पानी चियाउन दिन्न पाइला टेक्न दिन्न मेरो मझेरीमा गुलेली बोक्दिन,मट्याङरा हान्दिन सन्तान खटाउदिन जरसाहब, आफ्नो ब्यवस्था आफैं गर्नु तिम्रो शिरको जर्नेली ताज छदैछ नि सायद त्यसैको फूर्ति ओकलेका हौला भरखरै मसँग तर बुझिराख्नु मसँग होस छ र चेतना पनि त्यसैले म अब, मेरो घरको मालिक म आफैं भएको छु ।   गुरु घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्