IMG-LOGO

बुझेँ

 मंगल, जेठ ३०, २०८०  रेशम चौधरी

जेलमै, जनताको हाल बुझेँ, गर्छु भन्ने तर नगर्नेहरुको ताल बुझेँ के बुझिन र मैँले ? कदम कदमको हरदम बुझेँ जेलमै, पत्रकारिताको कलम बुझेँ नागरिकर्मीको कदम बुझेँ के बुझिन र मैँले ? कदम कदमको हरदम बुझेँ जेलमै, वकिलको काम बुझेँ विचौलियाको छलछाम बुझेँ के बुझिन र मैँले ? वकिलको बहस र विचौलियाको सहजतामा श्रीमानको इन्तजाम बुझेँ   जेलमै, अनाहकमा फसाइएकाहरुको डर बुझेँ । नेताहरुको घर बुझेँ अर्कालाई उजारेर आफ्नो बनाउन खोज्नेको वर बुझेँ के बुझ्न सकिन र मैँले ? भ्रष्टाचारीका लागि स्वर्ग र ठगहरुको मामाघर बुझेँ   जेलमै, नाइके, भाइनाइकेहरुको कर्म बुझेँ आधा राखेर आधा दिने पुलिसको धर्म बुझेँ वषौँ भेटघाटबाट वञ्चित रहनेहरुको मर्म बुझेँ के बुझिन र मैँले ? सय कैदीको शय्यामा चार सय सुताउने सरकारको सर्म बुझेँ   जेलमै, अरुलाई थन्काएर आफू बन्नेको आह्वान बुझेँ थुपारेर आएका ठेकेदारको रस्वादन बुझेँ टोलटोल थर्कमान गराउने डन बुझेँ के बुझिन र मैँले ? ‘वक्त आए तो बाप भी वैरी होते हैं’ भन्ने पुर्खाको कथन बुझेँ   जेलमै, समयक्रम बुझेँ, आफ्नो पराक्रम बुझेँ कर्म बुझेँ, मर्म बुझेँ, धर्म-अधर्म बुझेँ प्रकृति पथप्रदर्शक र परिवार बुझेँ के बुझिन र मैँले ? पासोमा पल पल बितेका ती पीडा बुझेँ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्