ए ! क्यामेराको सत्रू तिमी टेलि फोनको शौता, घरघरबाट रेडियो गलहत्याउने तिमीनै पो हौत, के गाउं के सहर जतासुकै तिमी नै रोजाइमा परेको, वालक देखि वृध्दसम्मले तिमीलाई कूल द्यौतै मानेको, घडिको विकल्प हौ तिमी टेििभजनको पनि सातो लिने, सबैले रोज्छन् तिमीलाई मलाई पनि धेरै कुरामा साथ दिने, तिमी छौत पुस्तकको काम गर्ने पुस्तकालयमा धाउनु नपर्ने, एकान्तमा घोक्तिएर हामी सबैको मेरुदण्ड कुप्र्याउन सघाउने, कतै झुठो बोल्न उक्साउने तिमी कतै युवालाई प्रेममा फसाउने, अनि सिनेमा घरमा नगै नगै कन पनि कमेडीको यो मज्जा दिलाउने, क्यालकुलेटर तिमीनै हौ क्यासेट प्लेयर पनि हौ नि तिमी त, सबै खाले अभिलेखको सहज भण्डार कोठा रहेछ ननि यिनी त, देश विदेशका घटनासंग तिमीनैहामीलाई परिचित बनाउंछौ, कहि लेकहि ंत झूठको खेती गरेर अलमलमा समेत पार्दछौ, बच्चालाई खानेवेलाको साथी तिमीको खईको खाइको सट्टा, अल्लारे केटाकेटीको भोक निन्द्रा गायब पार्ने तिमी अचम्भेबट्टा, टिकटक फेसवुक भाइवर अनि युट्युवको नाम सबैलाई जपायौ चस्माको बिक्री मात्र बढाएनौ तिमि लेत्यसको पावर पनि थपायौ, ईन्टरनेटको मुटु जडेको छ अनि वाइफाईको त्यो रक्तसन्चार तिम्रो, वृहत ज्ञान कोश नै भएका छौ नि हे मोवाइलेश्वर प्रभु तिमी त हाम्रो, अध्यात्मको रस स्वाद खोज्नेलाई आध्यात्मिक पनि तिमी नै बनाउने, धर्मका नाममा ठगी गर्ने आततायीलाई ठग्ने बहानामा पनि सघाउने, कुनै धर्मको भेदभाव छैन तिमीलाई सर्वधर्म समान छन् संसारै भरिका, वेद त्रिपीटक कुरान बाईवल आदि अट्छन तिमी भित्रै यहाँ थरि थरि का, प्रकाम्यको सिध्दी दिन सक्ने तिमी नै हौ नि एउटा अति आधुनिक यन्त्र, धन्य छौ तिमी नै दिन सक्छौ सबै उमेरकालाई जप्ने अदभूत दिव्य मन्त्र, छटपटी र तनावमा पर्ने सबैजना एक दिनमात्र नि तिमीले काम नगर्दा, मुस्किलको अनुभव सबैले गर्ने केही बेर मात्र नेट बिजुली अवरोध हुंदा, सूर्ति धूवांर मदिरा सेवन नगर्नेलाई पनि यहाँ अम्मली तिमीले नै बनायौ, म नभई तिमीहरु त वांच्नै सक्दैनौ है भनि जगतमा हामीलाई चिनायौ । जगतमा हामीलाई चिनायौ ।
