छिमेकि ऋषि रूपका तर कङ्स हृदयका मुस्कानयुक्त चेहराले अङ्कमाल गर्छन् सदा मीठो बोल्छन् यी उनका गुणहरू हैनन् बल्छी र पासो हुन् सबै हतियारहरू हुन् सहानुभूतिपूर्वक एक चीम्टी दिन्छन् एक भकारी बलजफ्ती लुटेर लान्छन् फराकिलो मानचित्रमा बसेर के गर्नु साँघुरो चिन्तनमा छन् दासत्वमा हुर्किएर नै होला सायद कहिल्यै दास नभएकाप्रति दास मनस्थितिले ब्यवहार गर्छन् । हाम्रा छिमेकी निर्लज्ज छन् बस्त्र बिहिन कलेवरमा उभिन्छन् हाम्रो खुसीको स्वर्णिम फूलवारीमा मनपरी चर्न चाहन्छन् पुर्खाको रगतले सिमाङ्कन गरेको हाम्रो साँधको पर्खाल सार्छन् साधन र स्रोतहरू उपर लोभी थुतुनो गाडेर दिउँसै डाँका मार्छन् । स्वार्थको कुटुरो बोकेर बेला न कुवेला हाम्रोतिर पनि झटारिन्छन् निःश्वार्थ संबन्धको हाम्रो तृष्णा उपर हाँसि मजाक गर्छन् लोकतन्त्र र समानताको ठस्सासँगै बिस्तारवादको साँढेमा चढेर लखेट्छन्, बेर्छन् अनि डस्छन् बन्दुकको गोलीजस्तै छिमेकमा छेडिँदै हिडेका छन् चारैतिर डरको अँध्यारो सल्काई रहेछन् उनका अत्याचारहरू निको नहुने घाउ वनेर टन्किएका छन् । गोरखा बजार,हालः म्याडिसन, अमेरिका नोभेम्वर ११, २०१९
