IMG-LOGO

म त भाग्यमानी’

 मंगल, जेठ १६, २०८०  – गगन थापा

  छैन यहाँ देशको नक्सा मेटिएको न त लिपुलेकलाई डोजरले रेटिएको यस्तो सवल सरकार छ, सीमा कसले मिच्ने ? कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्ने   सयौं कोश हिड्दा पनि श्रमिक छैनन् आहात गरीबलाई सम्मान छ सरकारबाट राहत विदेशमा कोही पनि अलपत्र छैनन् दःुख पीडा सुनाउने ती नेपाली नै होइनन् जनताको ब्यथालाई ध्यान दिएर सुन्ने गरीब, किसान, ब्यापारीको साह्रै मर्म बुझ्ने   भ्रष्टाचारलाई नसहने सरकारको छ नीति हावादारी हल्ला हुन् ओम्नी र यति सवैतिर वाह वाही यस्तोे विकास देख्दा पत्रकार नि दंग छन् यी समाचार लेख्दा   कोमल हृदयका प्रधानमन्त्री आँशु कवि हाम्रा दिन नबिराई सिर्जना छ– आहा ! कति राम्रा   राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला गीत–कविता भत्याउँदै कालापानी जाउँला सारा नेपाली हाँसेको छ, मेची–काली गाउँछ आँशु आए बरु, त्यही गीतले आउँछ यस्तो नायक गजबका, ल्याऔं जानी–जानी अहो ! हामी नेपाली त साह्रै भाग्यमानी हामी साह्रै भाग्यमानी म त भाग्यमानी ।        ‘बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफल शुरु हुनु अगाडिको शून्य समयमा सांसद गगन  थापाले २०७७ बैशाखमा तत्कालीन  प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग गर्दै बाल कविता सुनाएका थिए । तत्कालीन सभामुख अग्नि सापकोटाबाट समय लिएर सांसद थापाले बाल कविता ‘म त भाग्यमानी’ बाचन गरेका थिए ।’    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्