IMG-LOGO

नक्कली शरणार्थी !

 मंगल, जेठ ९, २०८०  – ओम रिजाल

  लागेपछि भेरीजस्तै कञ्चन सपनाको तिर्खा बेचेर बाको लाज ढाकिएको लँगौटी दलाल गिद्धको पुच्छरमा बाँधेर ‘म’ हुनुको स्वाभिमान राष्ट्रियताको गीत गाइरहेको नक्कली शरणार्थी हुँ म   खबरदार मेरो जूनघाम बेच्नेहरू खबरदार छोडेर खबरदारी सभाको गर्विलो मञ्च किन आकाशिएँ म आकशेमेली जस्तै ठगीको लहरो   तस्करीको सरकारी पसलमा बुझाएर आमाको चोली पोखेको थिए मुस्कान ओठहरूमा मुसुक्क आहा! क्या गजब मेरो मातृप्रेम   ढुक्क थियो मजस्तै मेरो इश्वर खुल्नेछ स्वर्गको द्वार पुग्नेछु म सजिलै स्वर्गको बगैँचा टिप्नेछु सुगन्धित फूल सिउँरनेछु प्रियाको सिउँदोभरि फिर्ता ल्याउनेछु दलालको कोटमा आफैं राखिदिएको आमाको अस्मिता   कहिल्यै केही नहुने देशमा खै के भयो–भयो एक्कासी बिजुली चम्कियो चट्याङ खस्यो खरानी भयो मेरो सपना   छिः छिः बेचेर आमाको लाज ढाक्ने धोती शरणार्थी बन्न कस्सिएको म कसरी पढूँला कविहरूको लाममा उभिएर पहिलेजस्तै दलालहरू विरूद्धको सुन्दर कविता ।     हैट ! टेकनाथजी, कहाँ फसेको ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्