IMG-LOGO

दियो जलिरह्यो

 मंगल, बैशाख १९, २०८०  – गोपालसिङ्ग नेपाली

दियो जलाइरह्यो रातभरी भरतको दियो, जीवनको दियो, रातभर दियो बल्यो । दुःखको अन्धकार गाढा भयो, सुखका ताराहरू चम्किए, पीडाका बादलहरू मडारिए, मनका पंक्षीहरू उडेर गए । मायालुको नजरबाट मेरो कुटी बचाइयो, एकातिर अलिकति स्नेह मिलिरह्यो, रातभर दियो बलिरहेको थियो ।   दुनियाँ देखे तर नदेखेको पनि, सहर थाहा भएन, बाटो थाहा भएन, रङ हेरे, रूप नदेखे, बोली मात्रै चिने । कोहि थिएन साथमा, साथी थियो आँखाका आँसु, सुनसान बाटोमा चम्किरहेका ताराहरू, रातभर पन्थी चलिरह्यो । अनगिन्ती ताराहरुको उज्यालोमा हिड्ने गर्थे म बाटो, आकाशको गल्लीमा चन्द्रमा ताराहरुलाई धोका दिदै हिँडेको थिएँ । हावाहुरीमा पनि, मेरो जीवनको दियो बल्ने गर्दथ्यो, कुनै छलको खेलमा रातभर मेरो दिशा बदलिन्थ्यो ।   (भारतीय मुलका नेपाली गोपाल सिंह नेपाली भारतका प्रसिद्ध कवि हुन उनको यो चर्चित कविता श्रमजीवीले अनुवाद गरेका हुन्)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्