दियो जलाइरह्यो रातभरी भरतको दियो, जीवनको दियो, रातभर दियो बल्यो । दुःखको अन्धकार गाढा भयो, सुखका ताराहरू चम्किए, पीडाका बादलहरू मडारिए, मनका पंक्षीहरू उडेर गए । मायालुको नजरबाट मेरो कुटी बचाइयो, एकातिर अलिकति स्नेह मिलिरह्यो, रातभर दियो बलिरहेको थियो । दुनियाँ देखे तर नदेखेको पनि, सहर थाहा भएन, बाटो थाहा भएन, रङ हेरे, रूप नदेखे, बोली मात्रै चिने । कोहि थिएन साथमा, साथी थियो आँखाका आँसु, सुनसान बाटोमा चम्किरहेका ताराहरू, रातभर पन्थी चलिरह्यो । अनगिन्ती ताराहरुको उज्यालोमा हिड्ने गर्थे म बाटो, आकाशको गल्लीमा चन्द्रमा ताराहरुलाई धोका दिदै हिँडेको थिएँ । हावाहुरीमा पनि, मेरो जीवनको दियो बल्ने गर्दथ्यो, कुनै छलको खेलमा रातभर मेरो दिशा बदलिन्थ्यो । (भारतीय मुलका नेपाली गोपाल सिंह नेपाली भारतका प्रसिद्ध कवि हुन उनको यो चर्चित कविता श्रमजीवीले अनुवाद गरेका हुन्)
