IMG-LOGO

भूकम्प

 मंगल, बैशाख १२, २०८०  सुदेश सत्याल

थाहै हुन्न सुटुक्क आउँछ अहो उत्ताउलो चालमा सारा व्यक्ति समान छन् किनभने बस्छन् सबै पालमा मात्रै एक जना बचेछ घरको बाँच्ने कला सिक्नु छ माटोमा पुरिए अनेक सपना खोस्री सबै झिक्नु छ ।   धर्तीले मदिरा पिएछ कि कतै धक्का दिदै झोकियो धाँजा फाट्दछ खेतको मुटु गई पातालमा ठोकियो यस्तो लाग्छ हुँदैछ झै प्रलय यो निस्केछ ज्वाला पनि बौलाएपछि यो स्वयं प्रकृति नै के लाग्छ कस्को अनि ।   सुत्छन् रातहरू खुला चहुरमै के रै छ यस्को सुर भत्काएपछि यी सबै गुँडहरू बस्छन् कहाँ ढुक्कुर नौलो संरचना बनाउन भनी सारा जुटाएपछि केही हुन्न ढलेर बिल्डिङहरू उठ्छन् उठाएपछि ।   किच्दै थ्यो छतले अराजक भई ती फूलका धड्कन भत्केको घरमात्र होइन अहो भत्क्यो यहाँ जीवन भत्के तापनि चैत्य मन्दिरहरू भत्किन्न आस्था तर यो भूकम्प अचम्मको विषय हो विज्ञानभन्दा पर।   खायो राहत बीचबाट कसले रित्तै छ बोरा पर यो भूकम्प गएर फेरि नढलोस् प्राचीन घन्टाघर इच्छाशक्ति नगुल्टिओस् धरहरा गुल्टे नि बेढङ्गले पोतौला अब अङ्गभङ्ग घर यी निर्माणका रङ्गले ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्