महाभारतकथा जति पढे पनि वा महाभारतकाफिल्म जति हेरे पनि तृप्त नहुने मनुवा म हुँ ।महाभारतकथामा कर्ण र बर्बरीक पछिसबैभन्दा मन पर्ने चरित्र हो कृष्ण । यीनकाग्ल्यामरस चरित्रले मलाई महाभारत सधैं ’हटकेक जस्तै लाग्छ ।कृष्णको ’डिप्लोमेसी’ र’चिप्लोमेसी’ शकुनीका चालभन्दा जब्बरलाग्छन् मलाई । जसै कृष्ण देखिन्छन् अबकेही न केही गुप्त हुन्छ भन्ने लागिहाल्छ ।कृष्ण देवता हुन् वा होइनन्, ईश्वर हुन् वाहोइनन् अलग कुरा हो तर कृष्ण व्यासलस्थापना गरेको संसारको सबैभन्दा बिराट’क्यारेक्टर’ हुन् । सत्य, न्याय र धर्मकाखातिर भनेर व्यासले स्थापना गरेको त्याविराट ’क्यारेक्टर’ अहिले पनि संसारको सबधर्म र सनातन दर्शनको केन्द्र बनिरहेको छ ।संसार भरि कृष्णका भक्त बढीरहेका छन् ।हामीले राधा ( कृष्ण सुन्यौं तर रुक्मिणी( कृष्णसुनेनौं । हामीले न सत्यभामा र कृष्ण सुन्यौं न”निषदपुत्री जाम्ववती । न मित्रविन्दा सुन्यौं नभद्रा । मलाई कृष्णको प्रेमसँग जोडिने राधाकाचरित्रले पनि उस्तै विस्मृत बनाउँछ । कृष्णका’लभ स्टोरी’ सुनेर पटकथा र ’प्लट’लाई व्यासबुढाले कसरी व्यवस्थित गरेका होलान् ?एकछिन् चित पनि खान्छु । महाभारतमा एकसय एक त्यस्ता चरित्र छन् जसलाइझिकिदियो भने कथा जोड्ने पटकथा बीचैमाटुटेर महाभारत नै बन्दैन । अनि त्यसको पनिमियो चरित्र श्रीकृष्ण हेरेपछि म एक श्वाशमाभन्छु ( आखिर श्रीकृष्ण रहेछ एक । यासृष्टिको होइन महाभारतको । कृष्ण दम्भ,अहंकार, र अनिर्णयताबाट पर छन् । कर्म रकर्मको फलप्रति स्पष्ट छन् । यसो भनामहाभारत नै कृष्णको निर्णय हो । कृष्णआफैमा संघर्ष, आफैंमा युद्ध, आफैंमा परिणामर आफैंमा नयाँ युगको वाहक भएरउभ्याइएका बेजोड पात्र हुन । एउटा पात्रमार्फत एउटा युगको वर्णन गरेर अकाहजारौं वर्षसम्म त्यही आदर्श, मूल्य र मान्यतास्थापना गर्नसक्ने व्यास मानव सृष्टिकसम्भवतः सबभन्दा ठूला सर्जक हुन्, स्रष्टाहुन् ।त्यस्ता जादुमयी पात्र सृजना गर्ने व्यासबुढालाई अहिले भेट्न पाएको भए म जहापुगेर पनि भेटेर फेसबुकमा सेल्फि खिचेरपोष्ट गर्थे हुला ! म जहाँ गएर पनि भेट्थे हुँला ।हामी माझ नभएका ति बुढालाई कोटी कोटी दिव्य चरित्र कृष्ण बनेर स्थापना हुनसक्नआफैंमा दिव्य कृतिको गुण ठान्छु म ।कृष्ण पात्र मार्पmत भनिएको कथन यो हो ( मनै मेरो कर्म हूँ, म नै मेरो भाग्य हूँ । म जन्मिएम एक दिन मर्छु । त्यसबीचमा मैले पुरुषत्वझल्कने कुनै काम गरें भने त्यो मेरो कर्मकाफल हो, सकिन भने त्यो पनि मेरो कर्मको फलहो । कृष्णको चरीत्र चित्रण गर्दा मलाई मेरजीन्दगी ठीक लाग्न थालेको छ । हे कृष्ण !तिमीलाई नियाँलेपछि मलाई शिशुको जन्ममाखुसियाली मनाउने वा व्यक्तिको मृत्युमा दुःखमनाउने चरित्र व्यर्थ लाग्न थालेको छ । यीहार्दिक प्रणाम । व्यास बुढाको पात्रलाइचरित्रमा उभिएर पूर्णता दिने तिनै श्रीकृष्णलाइम १६ सय गोपिनीले भन्दा पनि बढी माया गछ।एउटा विशाल सृजनाको निर्णायक पात्रबनाएर व्यासले संसारलाई अलग्गै दर्शनमाडोहो¥याउने सफल प्रयत्न गरेका छन् । त्या बधाई र शुभ–कामनाका खातका खात बोकेरसकि नसकि उल्लास मनाइरहेका मान्छेकाअनुहार देखेर फिस्स हाँस्न मन लाग्छ । हार रजीतको यो अकण्ट श्रृंखलाभित्र पसेरखुसुक्क बाहिर आउँदा लाग्छ, अहो आखिरश्री कृष्ण रहेछ एक
