IMG-LOGO

शंका

 मंगल, चैत ७, २०७९  सीता पौड्याल

गरेर शंका रामले पनि लगाएथे जलाउन त्यति सुन्दर लंका नगरौँ शंका अनि नजलाउ कसैको मन्दिर जस्तो घर पवित्र मन जसले भित्रभित्र जलेर बनेको हुन्छ खरानी तर थाहा नै नपाइकन शंका ! दुई अक्षरको शब्द कति ठूलो शक्ति कत्तिको गयो ज्यान खेर गए कत्ति भक्ति गर्दा शंकाले समय समयमा घटे ठूल्ठूला घटना रगतका खोलाहरु मान्छेका लाशहरु असर्ल परेर पोखिएका ति रगत, लाश अनि केही थान सास भएका तर लास जस्तै मानिस   शंक ! ! यहाँ, पतिले पत्नीमाथि पत्नीले आफ्नो पतिमाथि मित्रले आफ्नै मित्रमाथि हाकिमले कारिन्दामाथि बाबुले छोरामाथि आमाले छोरीमाथि प्रेमीले प्रेमिकामाथि सबैले सबैमाथि गर्ने हो भने संसारमा कसैले कसैमाथि विश्वास गर्नै सक्दैनन यसैले,   शंका ! ! ! सानो शब्द जुन बनेको छ दुई अक्षरले अफसोच यसको तागतलाई तपाईंले कल्पना गर्नु भएको छ ? न मैले यसको अन्दाज गर्न छु सकेकी केबल शंकाको भरमा समाजमा समयसमयामा घटेका घटनाहरुले मेरो मानसपटलमा विभिन्न किसिमका प्रश्न हुन्छन् घुमिरहेका जसको समाधान छैन सकेकी गर्न स-साना कुरामा छोडौं गर्न शंका तब मात्र हाम्रो समाजमा केही मात्रामा भए पनि कम त हुनेछन विभिन्न किसिमका हुन दुर्घटनाहरु आजैबाट तिमी र म गरौँ प्रण अबदेखि, अझ भनौ, अहिलेबाटै बिनाकारण छैनौँ गर्ने शंका एक अर्काप्रति भनेर तिमीलाई पक्कै थाहा छ शंकाले जलाउँछ रे लंका यदि बढाउनु छ भने आत्मीयता तिमी र म बीचको घनिष्ठता शंका भन्ने शब्द कागजको बाक्लो डिस्नेरीबाट हुन्छ हटाए नत्र शंकाले बिग्रियो घरबार भयो युद्ध त्यसैले छोडौँ शंका रोपौ बीउ स्नेहको मायाको सद्भावको मिलनको बनेर असल !    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्