IMG-LOGO

अनर्थ न लिनु महिनावारी .....

 मंगल, फागुन ३०, २०७९  – खगेन गौतम

जब ममा महिनावारीको चक्र आउँछ तब म तिमीलाई सम्झिन्छु आमा    जब मेरो यौनीबाट रगतका धारा बग्न थाल्छ   जब पेटको दुखाइले मेरा शरीर कमजोर हुँदै जान्छ  ती प्याडमा न अटेर रगत कपडा छिचोल्दै बाहिर  देखा पछर्  गर्मीको समय अनि लामो बाटोको हिडाइले  काछ लाग्छ अनि पोल्छ  तब म तिमीलाई सम्झिन्छु आमा ।   प्राकृतिक प्रक्रिया अनि प्रकृतिको नियम म पर सर्दा अशुद्ध हुन्छु । अछुतो हुन्छु, गोठको त्यो कहालीलाग्दो बसाइ मलाई खुब डर लाग्छ आमा ।   कहिलेकाही चाडपर्व सँगै मेरो महिनावारी  पनि आउँछ मलाई खुब दुःख लाग्छ । किनकी म त्यति बेला एक्लो हुन्छु । कतै जान मिल्दैन, मन लाग्दा आफै खान मिल्दैन अरुको खुसी हेरेर आफू भित्रभित्रै रुन बाध्य  हुन्छु ।   तर के गर्नु ? यो त सदियौ देखि चली आएको नियम म आफू कमजोर भइ रहदा श्रीमानको यौन चाहना पूरा गर्न सक्दिन । तर पनि गिद्दले सिनो लुछे झैं मलाई लुछी रहँदा यौनानन्द लिइ रहन लाग्छ म पनि पुरुष मनोरञ्जनको एक साधन हुँ ।   मलाई थाहा छ ! तिमी विवश छौ, केही गर्न सक्दैनौ किनकी तिमी पनि त त्यही वातावरण र पीडा गुज्रीएकी छौ!आमा म महिनावारीको चार दिन कटाउन सक्दिन तिमीले नौं महिना गर्भ बोकेर त्यो प्रसव पीडा कसरी सह्यौ आमा ? साच्चै तिमी महान छौ !  म आफैलाई प्रश्न गर्छु   आखिर यस्तो कहिलेसम्म ? यो नियम किन छोरीलाई मात्रै लागू ? किन मान्छेको सोच बद्ल्दिैन ? पुरुष भएर नारीको पीडा किन बुझ्दैन ? किन नारीको लागि सहज वातावरण बन्दैन ?  इलाम  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्