जिन्दगीका पाइलाहरु नचल्ने रहेछन् मात्र समथर पथमा आफूले सोचेजस्तै नबग्दा रहेछन् सुखद पल बतासमा सर्कोझैं । नदी बनेपछि नरोकिनू अवरोध आउँदैमा बग्दाबग्दै ठेलिएर घातक बन्यो भने त बस्ती नै बगाउन सक्छ, हराउन सक्छन् छाप्रा बग्ने चिजहरु नरोकिकन निरन्तर बगिरहनुपर्छ । सूर्य उदाउन छोड्यो भने आकाशमा धर्ती अन्धकार हुन्छ, रात बन्छ दिन पनि पर हुँदैमा कसरी प्रेमभाव अन्त्य हुन्छ? टाढा भएर पनि माया गाढा बनाउनको लागि प्रेम गर्नु दुरीमा पनि आकाश–धर्तीको जस्तै। सफल हुन त जिन्दगीमा घडीको सुइजस्तै एउटै गतिमा हिँड्नू सधैं ठिक समय देखाएपछि तिमी पनि घडीजस्तै बाँधिनेछौ हरेक मस्तिष्कमा । कहाँसम्म फैलिएको छ संघर्षको अत्तर नदौडिनू तिमी सपना खोज्दै कस्तुरीझैं फैलिनु अत्तरको धर्म हो, दौडिनु तिम्रो भ्रम हो गन्तव्यको बाटो–सपनाको मुहान फरक कुरा हुन् । हतारिएर २÷४ वटा कविताले कवि बन्ने भ्रमलाई अन्त्य गर्नुपर्छ कलम बरु यसरी चलोस् वर्षौंसम्म शब्दहरुमा ताकि मसी चुहिएर पनि पानामा कविता बनोस् । पोखरा, कास्की
