मलाई तिम्रा हरेक दुःखको सहानुभूति बनाऊ मलाई मनमा छैन भने सोचमा बस्न देऊ सपनामा नभए, आँखामा सजाई देऊ आफ्नो एक साँचो भावना बनाऊ मलाई खास यसरी ग्रहण गर कि जसलाई तिम्रो मुटुलाई धड्कन बनाई देऊ , मलाई यो सारा संसार लुकाऊ यसरी जसलाई आफ्नो गहिरो रहस्य बनाऊ मलाई यति धेरै माया दिनु कि आफ्नो हरेक इच्छालाई वस्तु बनाऊ, मलाई तिम्रो कपालले यसरी छोप कि जसले म तिम्रो कपालमा लुकेर संसार बनाउन सकँु तिमी फुल बन मलाई भमारा बनाऊ तिमी पूर्णिमा बनेर मलाई चन्द्रमा बनाऊ मेरो हातमा तिम्रो हात यसरी राख कि मलाई तिम्रो जीवन साथी बनाऊ । (भारतिय प्रख्यात कवि वर्मा को यो कविताको अनुवाद श्रमजिवीले गरेका हुन्) प्रयोगवाद
