IMG-LOGO

मृत्युको पनि मृत्यु भयो भने !

 मंगल, माघ १७, २०७९  – ठाकुर बेलवासे

  खोकिलामै सुते पनि मृत्यु सधैँ शान्त र चुपचाप थियो आफ्नो कर्मजस्तै गरेर उसले छातीबाट अहँ, कहिले त ढाडबाटै पनि प्रहार गर्दथ्यो मानव नियति मृत्युको यो चरित्र सामान्य मान्नु थियो सामान्य थियो ।   चट्याङ् भएर बज्रियोस् पहिरो भएर झरोस् बाढी बनेर उर्लियोस् या आगो भएर सल्कियोस् मृत्युको रुप स्वाभाविक नै लाग्थ्यो मान्छेलाई   डाँकुको समूह जस्तो गरी मृत्यु हठात् बस्ती पसेपछि मृत्युको रुप क्रूर बनेको छ   समयमाथि अध्याँरो घोप्ट्याएर मृत्यु अन्धाधुन्ध पड्किन थालेपछि मृत्यु घिनलाग्दो बनेको छ   अहिलेसम्म मृत्युले हतियार बोक्नुपरेको थिएन आफैँ तरबार थियो आफँै बारुद थियो, मृत्यु   आश्चर्य लागिरहेको छ मृत्युले किन हतियार बोक्यो   सृष्टिको सर्वशक्तिमान मृत्यु यसबेला किन कायर बनेर संसारभर एकसाथ आक्रमणमा उत्रियो   यति धेरै विचलित बन्नुअघि यति धेरै उग्र बन्नु पहिले आफ्नो अस्तित्वका लागि मानवसंसार चाहिन्छ भन्ने सामान्य हेक्का किन राख्न सकेन एकाएक किन मगज बिग्रियो मृत्युको   यति बेला मृत्युप्रति दया लागेर आएको छ मानवसंसारको समाप्ति भयो भने बिचरा मृत्यु ! मृत्युको पनि मृत्यु भयो भने ! संसार कस्तो होला म सोचमग्न छु !    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्