IMG-LOGO

आगो

 मंगल, माघ १०, २०७९  देबशु क्षेत्री

  आगो अचेल आफ्नै पीरले रुन्छ आगो अचेल आफ्नै डरले हुन्छ तिमी कोइला कोट्ट्याएर हेर समिधा पल्ट्याएर हेर, डढेलो उचालेर हेर आगो आँसु खसाली–खसाली रुन्छ जति आँसु खसालेर रुन्छ आगो आगोमा उति ज्वाला दन्कन्छ मानवता कहिले ग्यासच्याम्बरको आगोमा डढेको छ मानवता कहिले हिरोसिमाको ज्वालामुखीमा बलेको छ मानव कहिले काबुलको अग्निकुण्डमा कहिले हर्जगोबिनाको रक्तकुण्डमा जलेको छ देख्तादेख्तै बर्लिनको पर्खाल र हस्तिनापुरको मिनार ढलेको छ आगोलाई मान्छेको कथा पनि थाहा छ आगोलाई मान्छेको व्यथा पनि थाहा छ घरीघरी धारे हात पारेर प्रमिथसलाई सराप्छ आगो घरीघरी हिक्का काढेर छाती पिटीपिटी रुन्छ आगो आगोको पनि मन हुन्छ, मुटु हुन्छ आगोको पनि मन दुख्छ, मुटु दुख्छ तिमीले देखेका छैनौ र मात्र आगोको पनि बिझिरहने घाउ छ आगोको पनि बल्झिरहने घाउ छ घरी त्यसै घाउमा नुनचुक छर्केर घरी त्यही पाप्रा बसिसकेको घाउ कोट्ट्याएर आगो अचेल सधैँ रुन्छ आगो अचेल आफ्नै डरले रुन्छ आगो अचेल आफ्नै पीरले रुन्छ आगो अचेल एकान्तमा सधैँ रुन्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्