समाजवादी सहरको मेट्रो रेल चढ्दै ! एता जाउँ उता जाउँ स्मार्ट सिटी मात्रै !! घरघरमा ग्यासको पाइप जोडी सक्यो सबै ! बिस्तारामै खाना आउँछ दुःख छैन खासै !! बिकासको भ्यु टावरबाट निहालेर हेर्छु ! भोका,नाङ्गा,दुःखी, गरिव नत कतै देख्छु !! भ्रष्टाचारी कतै छैनन् गल्ली–गल्ली खोज्छु ! ऋण लिन त दुखै छैन सर्टिफिकेट राख्छु !! रोजगारीको अवसर संगै बन्द उधोग खुले ! आयवृद्धि ह्ववात्यै बढ्यो दुःख सबै भुले !! लोकतन्त्र र सुशासन आज दुवै जुटे ! बा का कुरा काट्ने जति सिशा सरि फुटे !! गोकर्णेश्वर र यति, ओम्नी मिलाएको हाम्ले ! गोयललाई आधारातमा भेटें विशेष कामले !! बालुवाटारे मालिक हामी पुर्जाको नामले ! अदालत र चोलेन्द्रलाई नचाएको कसले !! एमसीसी र एसपीपीमा तिम्रो मात्र देन छ ! चुच्चे नक्सा देखाएर पुर्जा कस्ले लै छ!! धरहरालाई उठाएर मोदी सामु झुक्ने ! राष्ट्रवादको नारा लाउँदै ढुकुटी नै लुट्ने !!
