डा. प्रतिभा सिंह कस्मेटिक पसलमा भिडमा उभिएका केटीहरूले छेवैको पुस्तक पसल हेर्दैनन् कृतिम सौन्दर्यलाई नै मानेर वास्तविक सौन्दर्य ती आफ्नो उर्जा र समय खेर फाल्छन् सम्पूर्ण दिलचित्तले आफूलाई सिँगार्न ..... ती शरीरको आकर्षण मार्फत कुनै मन परेको केटालाई पट्याउनुलाई नै जीवनको उपलब्धी ठान्छन् जुन केटी कस्मेटिक पसलबाट निकालेर अलिकति समय पुग्छन् पुस्तक पसलहरूमा हेर्दैनन् ती भारतीय उन्नत सभ्यता र गौरवलाई दर्शाउने पुस्तकहरू, परिकथाहरूमा फसेका केटीहरू आत्मोत्थानको अर्थ नै बुझ्दैनन् तिनीहरू खोज्छन् रोमान्टिक गजल शेर र शायरीहरू अनि कुनै हिन्दी चलचित्रकी नायिका जसरी सजिएर रोमान्टिक शायरीका साथमा आफ्नो प्रेमीलाई पठाएर सुन्दर तस्विर आफ्ना साथीहरूको दिल जलाउँछन र भन्छन्– हेर न ...मरो हुने वाला अरु भन्दा बेग्लै छ एकदम खास छ कुनै सुखद सपना यथार्थ भैदिए जस्तै... अरू बाँकि केटीहरू उसको भाग्य चम्केको देखेर विस्मित हुन्छन् ठीक त्यही समयमा देशको कुनै कुनामा कुनै श्रध्दाका शरीरका टुक्राहरू फ्रिज,दराज र सुटकेसमा भरिदै हुन्छ...... अनुः बलराम तिमल्सिना
