IMG-LOGO

पाउन

 मंगल, पौष ५, २०७९  भवानी भिक्षु

मानवलाई उपलब्ध गर, कवि, मान्छेहरुका वनमा, बुद्धि र अंग प्रत्यंग, अहन्ता, दम्भ, स्वर्णका कणमा । रुक्ष प्राप्तिको मानिस नै हो हाम्रो बुद्धि–प्रतीक तर्क मात्रनै खाइरहेछ–ठीक यो कि बेठीक !’ हाम्रो सृजना आज––लडाई, दाउँ, पेच, प्रतिघात, उत्तेजना मात्र नै पाउँछौ, लभ्य एक आघात; भयो दुर्दशाग्रस्त—‘मानवी व्यथा’, कता त्यो हाम्रो संवेदनमा ? मानवलाई उपलव्ध गर, कवि, तिमि निश्छल–चेतनमा !   अल्झि रहेछ हाम्रो मानव, भनी भनी “निर्माण” बिर्सिरहेछ डर–स्पन्दन, सुतीरहेछ प्राण, भूमि गगन औ पूर्व र पश्चिम, शिथिल तथा द्रुत मात्र, युगयुगको उपलव्धि नासिकन––भयो यत्तिकै पात्र ! भनी प्रगति, गति छोडी–– त्यै प्रारम्भ गर्छ, त्यो आफ्नो अवरोधनमा, मानवलाई उपलव्ध गर, कवि मुटुको मानव––मनमा ।   ‘ईर्ष्याको वरदान’ भएछ, “गतिपथको पाथेय” बिर्सी ‘स्पर्दा’ सहज, मार्नुमा मानव आज अजेय, परिवर्तन–पर्याय भएछ केवल “निर्मम हध्वंश” भूलिरहेछ, हरे, आज मानव नै मानव–वंश !   ‘नाश’ आज विश्वास बनायो– त्यही आउने मानव स्वयं सृजनमा, मानवलाई उपलव्ध गर, यस ‘केवल मानव– तनमा’ ।   “उर–गुण–रहित विचार” भएछ मानव विच पर्खाल, भयो स्व–काराबद्ध मान्छे स्वयम भयो जंजाल, रसःरिक्त, अनुभूतिहीन, मानवी धर्म बेहाल, मर्मरहित मान्छे भयो मानवताकी कंकाल, अब हेला, आशंका नै के धार्य हरे, मानवको रित्तोपनमा ? मानवलाई उपलव्ध गर, कवि, यस उर–निस्पन्दनमा ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्