मैले पुण्य मन पराएँ या पाप मन पराएँ जे होस मैले तिमीलाई चुपचाप मनपराएँ जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ जब दागको रंगमा पनि टिका समाउन सक्छ नसोध मैले वरदान या श्राप मन पराएँ जे होस मैले तिमीलाई चुपचाप मन पराएँ तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ हाम्रो हिसाब–किताबमा सच्याउनु पनि छ यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ जे होस मैले तिमीलाई चुपचाप मन पराएँ
