कविता डांडा कांडा वन सब डुली, भीरका खोंचबाट । बाटो खोज्दै हुनुहुनु, गरी फार्छ है झारपात ।। ठक्कर खाए यदि बगरमा, भर्छ गाना रमाई । उल्ला पाए पनि नजिकमा लान्छ बाटो बनाई ।।१।। हाँगा बींगाहरु सब झरे फ्याँक्छः दायाँ र बायां । साना ताराहरु तल झरे, जान्छु खेलाइ छायाँ ।। घुम्दा डाँडा वरिपरि डुली, मोतिको बन्छु माला । मर्दा नाच्तै तलतिर बमी, सर्प झै गर्छ चाला ।।२।। ठूला साना फनन भुमरी, घट्ट जस्तै घुमाई । खाना फोका फरफर उस, फुट्ट राम्रो उठाई ।। माछा कीराहरु पनि सबै, भित्रभित्रै नचाई । सर्द लड्दै हररर गरी, बाछु नाची, कराइ ।।३।। साथी खोजी पुलहरु डुली, खेल्छ हाँसेर नाची । बारीलाई मल जल दिई, जान्छ शोभा बनाई ।। साथी देखे. परतिर यत, हर्षले सास फेरी । नाची हांसो सहज यसरी हिंड्छ केले नफर्की ।।४।।
