IMG-LOGO

कलम रोक

 मंगल, कार्तिक १, २०७९  विजय मल्ल

युगको भावना मार्न चाहने ए हत्यारा ! तिमी मलाई भन्छौ, ‘कलम रोक!’ म सोच्छु यो पहाडलाई, यो नदी नालालाई यो खेतलाई, यो हरियाली बगैंचालाई यो सुन्दर सुन्दर – हावामा नाचिरहने, हावामा उडिरहने हावामा बोलिरहने धानको चालालाई किन मसान बनाउँदैनौ ? किन मसानको आगोले भस्म गर्दैनौ ? यदि कोही भोका भोकले चिच्याउँछ भने त्यसको पेटमा विषको छुरी किन रोप्तैनौ ? यदि शिशु दूधको मुन्टा खोज्दै मरेकी आमालाई चुस्तै कहालिन्छ भने घाँटी अँठयाएर त्यसको प्राण किन छिन्दैनौ ? तर तिमी मलाई भन्छौ – कलम रोक ? ए हत्यारा ! फेरि म सोच्छु ––– त्यो मुखबाएर, हात फैलाएर भ्रम गर्ने, मौका नपाएर, भविष्यको सुन्दर सपना देख्न खोज्छ भने त्यसको आँखाको गेडीलाई त्रिशूलले किन घोच्दैनौ ? किन झिक्तैनौ त्यो नग्न कङ्कालमा त्यो टेढो थोङ्ने मानवमा तिम्रो विरोधको आगो झल्कन शक्छ भने ए बलिष्ट ! एकै घुस्साले त्यसको मिति किन पुग्याउँदैनौ ? तर तिमी मलाई भन्छौ – कलम रोक ! ए हत्यारा ! तिम्रो द्रोहमा जहाँ जहाँ रुख उम्रन्छ, त्यो जङ्गलमा डढेलो किन लाउँदैनौ ? गरीबको छातीमा असन्तोषको ज्वाला जल्छ भने ‘दानवताको भावना उर्लन्छ भने तिम्रो ठूला ठूला यन्त्रहरुलाई हत्याउन खोज्छ भने ए बलवान ! ए पराक्रमी ! सम्पूर्ण संसारलाई नै किन ध्वंस गर्दैनौ ? सम्पूर्ण विश्वलाई नै किन चकनाचूर पार्दैनौ ? तै पनि तिमी मलाई भन्छौ – कलम रोक ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्