हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा । जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो । ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ । सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ।
