कुनै समयमा समुद्रले भनेको थियो मलाई आँसु चाँहिदैन, र बन्द गरेर कथाका थिमहरु बाकसभित्र ऊ घाम ताप्न वसेको थियो, आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर । तर समुद्र हो आफै ऊ पनि भिज्छ, एक्लै भिज्छ बिझेर भिज्छ । अनि कसलाई थाहा घाम तापेर डिलमा बस्दा बस्दै उसेले कति खेप व्यथाहरु सुकायो पीडाको पर्दाभित्र आफूलाई कति लुकायो जीवनमा कति बेला आफूलाई परम सुखी ठान्यो कति बेला आफूलाई दुःखी ठान्यो उसले भन्दै भन्दैन । बरु बदाम चपाउँदै उसले अरुका कथाहरु सुनिरह्यो मौन समुद्रले एक्लो समुद्रले चक्कर चक्करमा विगत, वर्तमान र भविष्य नाप्यो आआफू जोगी हो कि भोगी त्यो पनि जानेन । समुद्र हो ऊ, पानीको सागर कुनै पनि बेला बग्न सक्छ, बगाउन सक्छ आखिर, समुद्रलाई पनि आँसु चाँहिदो रहेछ ।
