IMG-LOGO

मोह

 मंगल, भदौ २१, २०७९  पदम क्षेत्री

  वारि नै छौँ हामी यतिखेर/वारि नै आ-आफ्ना झिटिमिटी उपलब्धिहरू काखी च्यापेर उभिएका/ सांसारिक उपलब्धिहरू अनि एउटा महासागर छ हाम्रो अघि/अपार र विस्तृत महासागर र, पारिपट्टि छ कुइरोले डम्मै छोपिएको एउटा ब्रह्रमाण्ड/ एउटा अज्ञात वास्तविकता बलौटे बगरमा छोडेर आ-आफ्ना पदचिह्रनहरू पस्नु छ हामीलाई महासागरभित्र बिसाइराखेर बगरमै/हामीले अर्जेका जम्मै सांसारिक उपलब्धिहरूबिसाएर कुम्लो भारमुक्त हुनेहर्षभन्दा कुम्लाको मोहले अँगालिरहेको छ हामीलाई यतिखेर/ एउटा निरर्थक मोहले र, हामी उदास छौँ यतिखेर/हताश छौँ हामी एउटा द्विविधा बाँचिरहेका छौँ हामी यतिखेर/ एउटा अन्योल बाँचिरहेका छौँ वारि नै बूढो समय जम्ल्याहा हात गरेर बिदाको नमस्कार गर्दैछ हामीलाई यात्राको शुभकामना आशिष् फुसफुसाउँदै र, आत्तिएका छौँ हामी यतिखेर/महासागरमा पस्न/पसेर बिलाउन मोह छ हामीलाई आफ्नोअस्तित्वको/बलौटे बगरमा छोडिराखेका आ-आफ्नै पदचिह्रनहरूको‘

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्