कविता मेरो काम विचारि कोहि जनता गर्लान प्रशंसा पनि धोक्रो खूब फुलाइ मूर्ख जनले निन्दा गरुन् तापनि तिन्का लागि प्रयत्न होइन हरे बर्दान पाऊँ अब हाम्रा त्यो कुलमा कुनै दिनमहाँ जन्म्योस् म जस्तो जन हाम्रा बंश ति तिम्सिनाहरु उँदा सम्बन्ध लागू हुँदा ‘एकचेपा’ पृथिवी पनी दिनदिनै खिई नसक्ने हुँदा लामो म्याद छ कालको यति छिटै टुङ्गो नपुग्ने हुँदा हाम्रा त्यो कुलमा कुनै दिनमहाँ मेरो सँगी जन्मला ।
