कविता कक्षा– ७ संखेश्वरी मावि., धुलिखेल वडा नं. १२ जन्म दिने आमा बुबा शिक्षा दिने गुरु गल्ति भए माफी माग्छु कविता भन्न सुरु नौ महिना सम्म कोखमा राखी हुर्काइन आमाले त्यसै दिनका पछिल्ला दिन छोडी गईन आमाले आमा भन्थिन ज्ञानी हुनु भविष्य छ तेरो अहिले संसारमा सेवा घर बाहेक कोही छैन मेरो जाजरकोट मेरो घर हो कर्ण खत्री थर सृज मानव नाम थर रह्यो बदलियो मेरो घर घर मेरो भएको भए जिल्ला भन्नु किन भन्नु पथ्र्यो कस्तो भाग्य रहिछ मेरो भगवानले लठ्ठी हान्यो । बा आमा नहुँदा खेरी आफन्त पनि टाढा भए गुलामी जीवन सुरुवात हुन्थ्यो सुमी मानव र विजय मानव नभाको भए स्वर्गमा त्यसै कहाँ पुगिन्छ धर्म गर्नु पर्छ सुखी जीवन त्यसै कहाँ हुन्छ सत्कर्मा गर्नु पर्छ आजको उद्घाटन कार्यक्रम कार्यक्रम भव्य तरिकाले मनाउनु पर्छ हजुरहरुको साथ सपोटले सेवा घर अफै राम्रो बनाउनु पर्छ गाउँ घरको पिडा सुन्नु दाउँराको भारी सँग सधै लड्थे कति दुःख जीवन मेरो दाउरा बेची शुल्क तिर्थे आफ्नो भन्ने कोही थिएन एउटा मात्र मामा माया गर्थिन प्रेरणा दिन्थीन कहाँ छिन मेरी आमा राम्रा नराम्रा काम गर्ने यो हाम्रो मन हो जोगीने गरौँ हामी सबै स्वास्थ्य नै ठूलो धन हो । हजुरहरुले सिकाएपछि सिक्छौ हाम्ले संस्कार मञ्चबाट बिदा माग्छु सबलाई नमस्कार
