IMG-LOGO

मानुषी

 मंगल, जेठ १७, २०७९  पारिजात

तिमी जति गर्न सक्छौ त्यति म पनि गर्न सक्छु तिमी जत्तिकै पाखुरी बजार्न सक्छु पसिना बगाउन सक्छु तिम्रा सबै अनुभूतिहरू मेरा पनि अनुभूति तर इतिहासले आज कहाँ ल्याएर पछार्यो कुन्नि मलाई तिमी त मभन्दा कोसौं अघि गइसकेछौ । तिमी र म एउटै होइनौं एक–अर्काका पूरक मात्र हौं त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागिदार हुन सक्दैनौ म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु तिमीलाई त यसो कहिल्यै भएन, तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्नुपर्दैन हो, म तिमीबिना आमा बन्न सक्तिनँ तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ त्यो मेरो, नितान्त‘ मेरो अनुभूति हो तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ? तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ? तिमीलाई स्वास्नीमान्छेले बेच्यो ? तिमी निरूत्तर छौ यस प्रश्नको अघि, आजको सत्तारूढ तिमी शताब्दी–शताब्दीअघि झगडालु, ईर्ष्यालु वनमानुष तिमीलाई माया र सह–अस्तित्वको अँगालोमा बाँधी आफ्नो ओढारको छानुमुनि भित्र्याएकी थिएँ जसरी आज तिमी दाइजोको लावा–लस्करसँग घुम्टोभित्र लुकाई पशुलाई जस्तै रूवाउँदै भित्र्याउने गर्छौ । त्यसैले तिमी यति विमुख न हौ यति निर्दयी नबन, यति बैगुनी न हौ, तिमी मेरो उत्पीडन बुझ्दैनौ म तिम्रो उत्पीडन बुझ्छु आऊ आज हामी उत्पीडनहरू साटासाट गरौं हामी मानसिकताले एकाकार हौं हामी एक–अर्का बिना बाँच्न सक्ने प्राणी होइनौं म तिम्रो हात दह्रो गरी समाउँछु तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याऊ त्यहाँ, जहाँ तिमीलाई मैले सभ्यताको आदिकालमा पुर्याइसकेकी थिएँ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्