वसन्तसँगसगै आकाश स्निग्ध रूपमा आउँछ र उसले धरतीलाई धेरै कुरा दिन्छ तातो स्पर्श दिन्छ न्यानो छहारी दिन्छ जताततै मनमोहक सुगन्ध र आफ्नो सबै थोक दिन्छ वसन्तमा आकाशले धरतीलाई माया गरेर चुम्छ । जाडामा कठाङ्ग्रिएका रुख–गाछीमा सहसा जवानी चढ्छ उनीहरू आफैं रोमाञ्चित हुन्छन् आफैं छचल्किन्छन्–आफै पोखिन्छन् उनीहरूको जवानीको मादकताले निदाएको धरती एकपटक फेरि ब्यूँझन्छ धरतीका प्रत्येक अङ्ग–प्रत्यङ्ग पुष्पित र मर्मरित हुन थाल्छन् जताततै धरतीभरि वसन्तले लुकामारी खेल्दै प्रणयको गीत गाउन थाल्छ वसन्तमा धरतीमा बैंस चढ्न थाल्छ वसन्तमा आकाशले धरतीलाई माया गरेर चुम्छ ।
