IMG-LOGO

इतिहासको यस घडीमा

 मंगल, फागुन १०, २०७८  कृष्ण सेन इच्छुक

यस बेला केही निस्तेज शिरहरू झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यस बेला केही दुर्बल मुठीहरू फुकेर विनीत भावले जम्लाहात जोडिरहेछन् म तिम्रो वज्रमुठीलाई झन् सबल देख्न चाहिरहेछु यस बेला केही थकित पाइलाहरू गलेर माझ–बिसौनीमै वास मागिरहेछन् म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु यस बेला केही कर्णकटु स्वरहरू काँपेर प्रशस्ति वाचन गरिरहेछन् म तिम्रो प्रखर वाणीमा युगको हुङ्कार सुन्न चाहिरहेछु ।   व्यथित देशकोचिन्ताले आहत जनताको पीडा र सुस्केराले हरदम अभिभूत तिमी ए, मेरो युगको तरुण नायक । यस बेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन तर तिम्रो आँधीबेहरीमय महायात्रा भने रोकिनु हुन्न इतिहासको यस सङ्क्रमणशील घडीमा भोको पेटका ऊर्जस्वी चेतनाहरूलाई निधारबाट रगतका बाछिटाहरू पुछेर दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष तिमी भने झुक्किनु हुन्न ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्