IMG-LOGO

कोकिल स्वरकी धनी लता मंगेशकर रहिनन्

 मंगल, माघ २५, २०७८      फडिन्द्र शर्मा

      कोकिल स्वरकी विश्व मै चर्चित वरिष्ठ गायिका, कोकिल स्वरकी धनी लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनको खबरसंगै  गीत संगीत कर्ममा लागेका र उनका फ्यानहरु दुखित भएका छन् । उनको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भारतले गरेको छ ।       लताले ३६ भाषाहरूमा फिल्मी र गैर–फिल्मी गीतहरू गाएकी छिन्, तर उनी भारतीय सिनेमामा पाश्र्व गायिकाको रूपमा चिनिन्छिन् । उनकी बहिनीहरु उषा मंगेशकर र आशा भोस्लेसँगै लताको भारतीय फिल्ममा ठूलो योगदान छ । लताको आवाजलाई भारतीय उप–महाद्वीपका साथै विश्वभर मन पराइएको छ । टाइम पत्रिकाले उनलाई भारतीय पाश्र्व गायनको अपरिहार्य र उत्कृष्ट सम्राज्ञीको रूपमा स्वीकार गरेको छ । भारत सरकारले उनलाई ‘ भारत रत्न’बाट सम्मानित गरेको थियो । २६ फेब्रअरी आइतबारका दिन मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा कोभिड सम्बन्धी जटिलताका कारण उनको मृत्यु भयो । उनी केही समयदेखि बिरामी थिइन् । उनको उत्कृष्ट गायन र सुरम्य स्वरका फ्यानहरु विश्वभर छन् ।  उनलाई मायाले ’लता दिदी’ भनिन्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्