IMG-LOGO

आमाको स्मृतिमा मन्दिरलाई सहयोग

 मंगल, बैशाख २१, २०७८  ---


बनेपा नगरपालिका वडा नं. ७ की अनिला कायस्थले आफ्नो स्वर्गीय आमा चन्द्रदेवी कायस्थको स्मृतिमा तेश्रो बार्षिक पुण्य तिथिमा मन्दिर निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएकी छन् । निर्माणाधिन मुक्तिनाथ मन्दिरलाई ५० हजार सहयोग गरेकी हुन् ।  
आमाको सम्झनामा सामाजिक कार्यमा लागेको बताउँदै आमाले समाज सेवा गरी बाटो देखाएकोले आफूले पनि सहयोग गर्न प्रोत्साहित भएको बताईन् । कायस्थले यस आघि स्वर्गीय बुबाको पुण्य तिथिमा धनेश्वर अवस्थीत धनेश्वर महादेव आधारभूत विद्यालयका छाञ छात्राहरुलाई विद्यालय पोशाक वितरण गरेकी थिइन् । निर्माणाधिन मुक्तिनाथ मन्दिरमा १ करोड भन्दा बेसी खर्च भई सकेको अझै सहयोगको आवश्यकता भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र थापाले बताए । मन्दिर निर्माणको लागि पनौती नगरपालिकाले २५ लाख र बागमती प्रदेश सरकारले २५ लाख सहयोग प्राप्त भएको बताए । मन्दिर निर्माणको लागि लगाएको सप्ताहबाट ५७ लाख रकम संकलन भएको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्