IMG-LOGO

व्यवहारीक गरिखाने शिक्षाले मात्र समृद्धिको यात्रा पुरा हुन्छ ः नगरप्रमुख व्यञ्जु

 मंगल, चैत १३, २०८०  ---

   श्री सरस्वती माध्यमिक विद्यालयको ४४औं वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण समारोह विहिबार विद्यालय व्यवस्थापन समिताका अध्यक्ष साधुराम बडालको सभापतित्वमा सम्पन्न भयो । धुलिखेल नगरपालिका नगर प्रमुख अशोक व्यञ्जुले कार्यक्रमलाई सम्बोधन गर्दै व्यवहारिक गरिखाने शिक्षाले मात्र समृद्धिको यात्रा पुरा हुने बताउनुभयो । माध्यमिक तहको शिक्षा सरकारले निःशुल्क गरेपनि शिक्षामा लगानी बढाउनुपर्ने र केन्द्र, प्रदेश र स्थानीय सरकार तीनै तहले सामुदायिक सवद्यालयको विद्यार्थीहरुको चौतर्फी विकासले सृजनात्मक जसले जीवन जीउन सिकाउनपर्ने हुनुपर्ने तर्क नगरप्रमुख व्यञ्जुले गर्नुभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक समुदायको सकारात्मक चिन्तन विद्यार्थीहरुको लगनसिलताले मात्र शैक्षिक गन्तव्य पुरा हुने भनाई नगरप्रमुख व्यञ्जुले राख्नुभयो । धुलिखेल वडा नं ८ का अध्यक्ष विनोद गौतमले नगरभित्रका विद्यालयमध्ये स्तरीय शिक्षा प्रदान गर्न सफल सरस्वती माविले आफ्नो गरिमालाई सधैं उच्च राख्न सक्नुपर्ने धारणा राख्नुभयो । विनायक बाल आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज तिमल्सिनाले मन्तव्य राख्नुभएको थियो ।

कृष्ण र सरस्वतीको नाममा छात्रवृति कोष

   विद्यालयलाई निरन्तर शैक्षिक विकासमा सहयोग उपलब्ध गराउँदै आउनुभएका विद्यालयका पूर्व अध्यक्ष कृष्णप्रसाद शर्माले १ लाख ५ हजार अक्षयकोषमा सहयोग रकम विद्यालयका अध्यक्ष साधुराम बडाललाई रकम हस्तान्तरण गर्नुभयो । पूर्व अध्यक्ष शर्माले उक्त रकम श्रीमती सरस्वती शर्माको नाममा समेत राखेको उल्लेख गर्नुभयो । लामो समय सम्म शिक्षा सेवा गर्नुभएका उद्धव प्रसाद बडाल र मनोहर श्रेष्ठलाई सम्मान गरिएको थियो । वर्ष दिनमा एकदिन पनि नविराई नियमित विद्यालय गई अध्यापन गराउने शिक्षक अशोक केसीलाई सम्मान गरिएको थियो । सामुदायिक रेडियो प्रसारक संघ काभे्र संयोजक रमेशप्रसाद न्यौपानेले आधारभूत तह अध्ययन गरि सफलता हाँसिल गरेका उत्कृष्ट अंक ल्याउने छात्र मञ्जित खनाल र छात्रा रेखा थापालाई ५÷ ५ सय रकम पुरस्कार स्वरुप प्रदान गर्नुभयो । विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद बडालले हाल सम्मको शैक्षिक प्रगति र आगामी दिनमा शैक्षिक स्तर उकास्न सकिने सवालमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यार्थीलाई विभिन्न अतिरिक्त कार्यक्रमा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले विभिन्न साँँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वडा सदस्य सानुराम सुवेदी, कृष्णमाया मिजार, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष केशव बडाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक  नवराज बडालले गर्नूभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्