IMG-LOGO

पनौती नगरपालिकाको १ र २ वडा बालश्रममुक्त वडा घोषणा

 मंगल, चैत ६, २०८०  ---

 

 

 

        बुधबार पनौती नगरपालिकाको वडा नं १ र १० बालश्रममुक्त घोषणा गरिएको छ । नगर प्रमुख राम शरण भण्डारी, उप–प्रमुख गीता बञ्जारा, वडा नं १ का वडा अध्यक्ष जय कुमार तामाङ, वडा नं १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारी, जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा नगरका दुई वटा बालश्रममुक्त घोषणा गरिएको हो । आर्थिक वर्ष २०८०÷८१ मा पनौतीलाई बालश्रममुक्त नगर घोषणा गर्न नगरपालिकाको सम्पूर्ण वडामा अभियानको रुपमा बालश्रममुक्त वडा घोषणा कार्य अघि बढाइएको नगरप्रमुख भण्डारीले बताउनु भयो । नगरपालिकाले तयार गरेको ‘बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८०’ पौष २९ गते बसेको कार्यपालिकाको बैठकले पारित गरेको थियो ।

        बालश्रममुक्त वडा घोषणा गर्नका लागि विभिन्न वडा क्षेत्रमा बालश्रमको तथ्याङक संकलन, बालश्रम निवारणका सन्दर्भमा छलफल तथा अन्तर्क्रिरया कार्यक्रमसँगै ‘एक घर–एक मिनेट जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको नगरपालिकाका बालमैत्री शाखाका प्रमुख केशव बञ्जाराले जानकारी दिनुभयो । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित नगरको १२ वडामध्ये १,२, ३, ५, ६, ८, १० र ११ गरी ८ वटा वडा बालश्रममुक्त घोषणा गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्