IMG-LOGO

लायन्स क्लब काभ्रेले योगदान गर्नेलाई सम्मान ग¥यो

 मंगल, चैत ६, २०८०  ---

 

        लायन्स क्लब अफ काभे्र बनेपाको पहल र सक्रियतामा स्थापित बनेपा हार्ट क्लिनिकको सहयोगी व्यक्ति एवं संघसंस्थाहरुलाई शनिबार एक कार्यत्रलमका बिच होटल हिमालयन होराइजनमा सम्मान गरिएको छ । प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले  हार्ट क्लिनिक स्थापना तथा सञ्चालनमा सहयोगीदाताहरूलाई सम्मान गर्दै सामाजिक भावका साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । लायन्स क्लब अफ काभ्रे बनेपाको अध्यक्ष सरिता पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सांसद कञ्चनचन्द्र वादे, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, मुटुरोग विशेषज्ञ डा. प्रकाश राज रेग्मी, लायन सुदर्शन प्रधानाङ्ग, केशव पाण्डे, डा. शुसिला मल्ल, विधान जोशी, उद्धव बोगटी लगायतको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ काभे्र बनेपाका संस्थापक अध्यक्ष रामराजा धौभडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बनेपा हार्ट क्लिनिक सञ्चालन गर्नको लागि पहल र सक्रिय सहभागिता जनाउने १ सय १० जना व्यक्ति एवम् संघ सस्थाप्रति कृतज्ञता ज्ञापन गर्दै सम्मान गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्