IMG-LOGO

पत्रकारहरुलाई चुनाव लाग्यो महासंघको केन्द्र,प्रदेश र जिल्लाको चुनाव चैत्र २५

 मंगल, चैत १०, २०७७  ---

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको  निर्वाचन आगामी चैत २५  हुने भएको छ । पहिलो पल्ट जिल्ला, प्रदेश र केन्द्रमा एक्कै दिन प्रत्यक्ष प्रणालीबाट हुन लागेको यो चुनावलाई बढो उत्साहका साथ हेरिएको छ  । गत पुसमा  विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले खर्चिलो र भड्किलो तरिकाले हँुदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा विकृति बढाउन थालेको निकर्ष निकाल्दै विकल्प खोज्न निर्देशन गरे अनुरुप संशोधितविधान अनुसार केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला शाखा, एसोसिएट शाखा र प्रतिष्ठान शाखाको एकै पटकप्रत्यक्षबाट निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ    ।
महासंघको इतिहासमा पहिलो पटक साधारण सदस्यहरुले प्रत्यक्षरुपमा तीन तहकै कार्य समितिका लागि मतदान गर्दैछन्। यसअघि महाधिवेशनका लागि जिल्ला र एसोसिएट शाखाबाट महाधिवेशन प्रतिनिधि चयन भएर आउनुपर्ने व्यवस्था थियो।तर पहिलो पटक साधारण सदस्यले प्रत्यक्ष रुपमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ। हरेक जिल्लाबाट एक्कै समयमा मतदान गरिनेछ । नेपाल पत्रकार महासंघ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको हो ।
निर्वाचन कार्यक्रमअनुसार चैत ८  मतदाता नामावली प्रकाशन र मतदाता नामावली उपर दाबी विरोध गर्ने काम हिजो चैत ९ गते दिउँसो १२ः३० बजेदेखि  आज चैत १० गते दिउँसो १२ः ३० बजेसम्म गर्ने गरी तोकिएको महासंघका सचिव प्रकाश थापाले काभ्रे टाइम्सलाई बताए  । मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ । यस्तै उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ। उम्मेदारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ। उम्मेदारमाथि दाबी विरोध चैत १३ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ। उम्मेदारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ। उम्मेदारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ। मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ।केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासंघको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासंघको केन्द्रीय कार्यालयमै रहेको छ। प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ। ती एकाईको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ। देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्